सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउन आवश्यक छ : डा. विमला राई पौड्याल

राष्ट्रियसभा सदस्य डा. विमला राई पौड्यालले सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउनुपर्ने बताएकी छन्। आइतबार उच्च शिक्षा र वैदेशिक शिक्षाको अवस्थाबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो कुरा बताएकी हुन्।

उनले विदेश जाने क्रम रोक्नका लागि सबैभन्दा पहिला नेपालको सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउनुपर्ने बताइन्। उनले विदेश अध्ययनका लागि जाने विद्यार्थीहरू समाज, नयाँ ठाउँका लागि र गुणस्तरीय शिक्षाका लागि नै जाने गरेको उल्लेख गर्दै सरकारले सार्वजनिक शिक्षालाई विश्वसनीय र गुणस्तरीय बनाउनुपर्ने बताइन्।

पौड्यालले गुणस्तरीय शिक्षा सहज तरिकाले पाउने व्यवस्थाको ग्यारेन्टी सरकारले लिनुपर्ने बताइन्। उनले विद्यार्थीहरूले रोजेको विषय पढ्न पाउने व्यवस्था हुन जरुरी रहेको बताइन्।

राष्ट्रियसभा सदस्य पौड्यालले नेपालमा कोही पनि विद्यार्थीले रोजेको विषय र सहज शिक्षा पाउनुपर्ने अधिकारको प्रत्याभूति गराउन सक्ने काम सरकारले गर्नुपर्ने बताइन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर