नेपालमा गुणस्तरीय शिक्षा छैन भन्ने सन्देश विश्वमा फैलिरहेको छ : प्रदीप पौडेल

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले नेपालमा शिक्षाको उद्देश्य स्पष्ट नरहेको बताएका छन्। आइतबार उच्च शिक्षा र वैदेशिक शिक्षाको अवस्थाबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्।

उनले सरकारले शिक्षाको स्पष्ट उद्देश्य तय गर्न अझै नसकेको बताए। उनले संघीय शिक्षा ऐन नआउँदा धेरै प्रश्न खेपिरहेको उल्लेख गर्दै संघीय शिक्षा ऐनले पनि शिक्षाको उद्देश्य स्पष्ट पार्न नसक्ने दाबी गरे।

उनले शिक्षाको सैद्धान्तिक उद्देश्य के हो भन्ने बारेमा संघीय शिक्षा ऐनले स्पष्ट पार्न नसक्ने बताए। उनले निजी क्षेत्रमा राम्रो शिक्षा प्रदान हुन्छ भन्ने कुरा पनि पछिल्लो समय खस्कँदै गएको बताए।

नेता पौडेलले नेपालमा गुणस्तरीय शिक्षा छैन भन्ने सन्देश विश्वमा फैलिरहेको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर