फेरि संसदीय दलको नेता चुनिए रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेलाई पार्टी संसदीय दलको नेता चयन गरेको छ । सोमबार काठमाडौंमा बसेको पार्टी संसदीय दलको बैठकले सभापति लामिछानेलाई संसदीय दलको नेता चयन गर्ने निर्णय गरेको हो ।

दलको नेतामा पार्टी सभापति लामिछानेलाई सर्वसम्मतिले चयन गरिएको पार्टीका प्रमुख सचेतक सन्तोष परियारले बताए । नागरिकता विवादमा पद गुम्नुअघि पनि उनी संसदीय दलको नेता थिए ।

त्यसैगरी बैठकले पार्टीको सचेतक निशा डाँगीलाई बनाउने निर्णय पनि गरेको छ ।

बैठकले पार्टीको संसदीय कामकारबाहीलाई प्रभावकारी बनाउनका लागि विधेयक अध्ययन समिति, समसामयिक लगायतका समितिहरू पनि गठन गरेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *