पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकविरुद्ध पनि पक्राउ पुर्जी जारी

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको प्रकरणमा पूर्वगृहमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ का छोरा प्रतीक थापाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। जिल्ला अदालत काठमाडौंले थापाविरुद्ध बुधबार पक्राउ पुर्जी जारी गरेको हो।

यसअघि पूर्वउपप्रधानमन्त्री तथा नेकपा (एमाले) का सचिवसमेत रहेका सांसद टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पनि आजै पक्राउ पुर्जी जारी भएको छ।

यस्तै प्रहरीले उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई पनि पक्राउ गरेको छ। उनी गृहसचिव हुँदा भएको घटनामा संलग्नता देखिएको भन्दै उनलाई पक्राउ गरिएको हो।

पाण्डे २०७८ साउन २७ गतेदेखि २०७९ असोज २ गतेसम्म गृहसचिव थिए। उनलाई तीन हिरासतमा राखेर अनसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ।

मंगलबार मात्रै प्रहरीले पूर्वगृहमन्त्री बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई पक्राउ गरेको थियो। यस घटनामा उनका छोरा निरज राईविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। तर उनी फरार छन्।

प्रहरीले यसअघि केशव दुलाल, सानु भट्टराई, टंककुमार गुरुङ, सन्देश शर्मा र सागर राईलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर