सत्ता गठबन्धनको बैठकमा के-के भयो सहमति?

सत्तारूढ गठबन्धनले आगामी वर्षको बजेटमा छलफल सुरु गरेको छ।

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले बजेटका लागि छलफल सुरु गरेको हो।

छलफलमा बजेटको सिद्धान्त र प्राथमिकताका बारेमा सरकारले आधारपत्र तयार गर्नुपर्ने निर्णय भएको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए ।

उनले यही वैशाख २४ गते बजेट अधिवेशन आह्वान भएको र अधिवेशनमा बजेटका सिद्धान्त र प्राथमिकतामा सत्तारूढ दलबीच सहमति गर्ने प्रयास भएको बताए।

प्रमुख सचेतक लेखकले तत्काल गठबन्धन भत्किने र नयाँ बन्ने सम्भावना नरहेको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर