विधिसम्मत रूपमा महासभा बोलाउँछौं, भ्रममा नपर्नुस् : विश्व हिन्दू महासंघ

विश्व हिन्दू महासंघले विधिसम्मत रुपमा महासभा बोलाउने प्रतिवद्धता व्यक्त गरेको छ । विधिसम्मत रुपमा महासंघको अध्यक्ष अस्मिता भण्डारीलाई चयन गरिसकेपछि अर्को समूहले अर्कै व्यक्तिलाई अध्यक्ष घोषणा गरेको र त्यो कानूनविपरीत भएकाले अध्यक्ष भण्डारी नेतृत्वको कार्यकारिणी समितिले बोलाएको बैठकमा उपस्थित हुन महासंघका सदस्यहरुलाई आग्रह गरेको छ ।

बुधवार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी महासंघका महासचिव उत्तमराज भण्डारीले विश्व हिन्दू महासंघको महासभाले अस्मिता भण्डारीलाई अध्यक्ष चुनेको र अध्यक्ष भण्डारीकै नेतृत्वको कार्यकारिणी समितिले महासंघको महासभा बोलाउने भएको भ्रममा नपर्न आग्रह गरे । उनले संस्थाको तर्फबाट अनधिकृत रुपमा महासभा बोलाएको र संस्थामा आफ्नो स्वार्थपूर्तिका लागि नेतृत्व छनोट गर्नेजस्ता काम पाटन उच्च अदालतले रोकिदिएको भन्दै अब विधिसम्मत रुपबाट अघि बढ्न आग्रह गरे ।

त्यस्तै विश्व हिन्दू महासंघकी कार्यवाहक अध्यक्ष अस्मिता भण्डारीले विश्व हिन्दू महासंघ पक्ष-विपक्षमा उभिनु नराम्रो भएको भन्दै सबै एक भएर अघि बढ्नुपर्ने बताइन् । उनले बाध्यात्मक परिस्थितिका कारण सञ्चारकर्मीहरुमाझ महासंघको बारेमा यथार्थ बुझाउनुपरेको बताइन् ।

उनले महासंघले अन्तर्राष्ट्रिय संघसंस्थाहरुसँग समेत परामर्श गरी विधानबमोजिम कार्यकारिणी समितिबाट महासभा बोलाउने स्पष्ट पारिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *