आईजीपी कुँवरले गरे इलाका प्रहरी कार्यालय बुटवलको नवनिर्मित भवन उद्घाटन

इलाका प्रहरी कार्यालय बुटवलको नवनिर्मित भवन उद्घाटन गरिएको छ। बिहीबार प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले इलाका प्रहरी कार्यालय बुटवल, रूपन्देही परिसरमा नवनिर्मित कार्यालय भवन, कार्यालय प्रमुख निवास, प्रहरी ब्यारेक, भान्सा घर तथा नागरिक सहायता कक्ष भवनहरूको उद्घाटन गरेका हुन्। साथै उनले उक्त नवनिर्मित भवनहरूको निरीक्षणसमेत गरे।

कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले भवन निर्माण कार्यमा संलग्न निर्माण व्यवसायीहरूलाई कदरपत्र तथा भवन निर्माणमा योगदान पुर्‍याउने प्रहरी कर्मचारीहरूलाई पुरस्कारसमेत प्रदान गरे।

उक्त अवसरमा प्रहरी महानिरीक्षक कुँवरले प्रहरी संगठनलाई आवास तथा भौतिक पूर्वाधारमा आत्मनिर्भर बनाई प्रहरी कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्नेदेखि वैज्ञानिक र प्राविधिक उपकरणहरूको प्राप्ति र प्रयोगद्वारा संगठनलाई संस्थागत रूपमा मजबुत र सक्षम बनाउन प्रहरी प्रधान कार्यालय सदैव कटिवद्ध र प्रयासरत रहेको बताए।

आधुनिक भवनहरूसँगै प्रहरीको सेवाप्रतिको इमान्दारिता, जिम्मेवारीबोध, प्रहरी आचरण र व्यवहारले प्रहरीप्रतिको जनविश्वास अभिवृद्धि गर्ने विश्वास उनले व्यक्त गरे। भवनहरू सबैको साझा सम्पत्ति रहेको उल्लेख गर्दै प्रहरी महानिरीक्षक कुँवरले नवनिर्मित भवनहरूप्रति अपनत्वको भाव राखेर उचित संरक्षण, संवर्द्धन गर्दै दीर्घकालसम्म जर्गेनाका लागि सहयोग गर्न सबैसँग आग्रह गरे।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे र रूपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले शुभकामना मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायब महानिरीक्षक उमेशराज जोशीले धन्यवाद ज्ञापन गरेका थिए।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर विकले स्वागत मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रममा प्रहरी नाब उपरीक्षक ई. ध्रुव अधिकारीले भवन निर्माणसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रहरी ब्यारेक भवन र कार्यालय प्रमुख निवास भवन नेपाल सरकारको नियमित बजेटबाट कुल ३ करोड १९ लाख १३ हजार ३ सय ३६ रुपैयाँ ३२ पैसाको लागतमा निर्माण कार्य सम्पन्न भएको हो भने प्रहरी कार्यालय भवन, भान्सा घर र नागरिक सहायता कक्ष प्रदेश सरकारको नियमित बजेटबाट कुल २ करोड ४१ लाख २० हजार ४ सय ६२ रुपैयाँ २१ पैसाको लागतमा निर्माण कार्य सम्पन्न भएको हो।

कार्यक्रममा तिलोत्तमा, देवदह तथा सैनामैना नगरपालिकाका नगर प्रमुखहरू, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, जिल्लास्थित राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिहरू, स्थानीय जनप्रतिनिधिहरू, विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरू, स्थानीय समाजसेवी, भद्रभलादमी, सञ्चारकर्मी एवं स्थानीयवासीहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर