उद्योगी-व्यवसायीको समस्या समाधानका लागि सरकारले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्छ : उपराष्ट्रपति

उपराष्ट्रपति रामसहायप्रसाद यादवले सरकारले उद्योगी-व्यवसायीहरूको समस्या समाधान गर्न अभिभावकीय भूमिका निर्वाह गर्नुको विकल्प नरहेको बताएका छन्।

उद्योगी, व्यवसायीहरूले चर्को ब्याजदरका कारण आफूहरू मारमा परेको गुनासो गरिरहेका बेला उपराष्ट्रपति यादवले लगानी, व्यवसायिक वातावरण निर्माण गरी उनीहरूको समस्या समाधान गर्न सरकारले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने स्मरण गराएका हुन्।

ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले रोजगारी सिर्जना, आयात प्रतिस्थापन गरी निर्यात हुने वस्तु उत्पादनको क्षेत्र पहिचान गरी उद्योग, व्यवसाय खोल्ने, साना उद्योगलाई ठूला उद्योगसँग जोड्ने काममा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स जस्ता ठूला र अग्रणी संस्थाहरूले विशेष भूमिका निर्वाह गर्ने विश्वाससमेत व्यक्त गरे।

उपराष्ट्रपति यादवले ग्रील व्यवसायीहरूले भोग्नुपरेका समस्याहरू समाधानका लागि सम्बन्धित निकायहरूको ध्यानाकर्षण पनि गराए।

त्यस अवसरमा उपराष्ट्रपति यादवले ग्रीलजन्य सामग्रीहरूको उत्पादनमा मुलुकलाई करिब आत्मनिर्भर बनाउने काम गरेको चर्चा गर्दै ग्रील व्यवसायीहरूको भविष्य झनै राम्रो रहेको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर