बिहे हुनु एक साताअघि भक्तपुरकी सुस्मिताले किन गरिन् आत्महत्या?

भक्तपुरमा एक युवतीले आफ्नो विवाह तय भएको ठीक एक साताअघि आत्महत्या गरेकी छन्। सूर्यविनायक नगरपालिका-७, गुण्डुकी २४ वर्षीया सुस्मिता खड्काले झुन्डिएर आत्महत्या गरेकी हुन्।

उनी बिहीबार बिहान गुण्डुस्थित आफ्नै घरको फलामको भर्‍याङमा नाइलनको डोरीको पासो लगाई झुन्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर, भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) प्रजित केसीले जानकारी दिए।

सुस्मिताको यही वैशाख २८ गते काठमाडौंको दक्षिणकाली नगरपालिका-८ घर भई ललितपुरको महालक्ष्मी नगरपालिका-९ बस्ने २८ वर्षीय मनोज अधिकारीसँग विवाह हुने पक्का भएको थियो तर टीकाटालो हुन भने बाँकी थियो।

घटनास्थलमा सुस्मिताले लेखेको ‘सुसाइड नोट’ समेत फेला परेको छ। उक्त सुसाइड नोटमा ‘आफैं झुन्डिएकाले पिर नगर्नू’ भनिएकाे छ।

एसपी केसीका अनुसार घटनाको प्रकृति र प्रारम्भिक अनुसन्धानबाट उनले आत्महत्या गरेको नै पुष्टि भएको छ। उनले के कारणले आत्महत्या गरेकी हुन् भन्ने विषय भने नखुलेको र थप अनुसन्धान भइरहेको एसपी केसीले बताए।

‘सबै कुरा सामान्य नै देखिएको छ। घटनास्थलमा सुसाइड नोट पनि फेला परेको छ,’ एसपी केसीले भने, ‘आत्महत्याको कारण स्पष्ट भइसकेको छैन। थप अनुसन्धान गरिरहेका छौं।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर