वर्ल्ड भिजन इन्टरनेशनल नेपालको सन् २०२२ को वार्षिक उपलब्धि सार्वजनिक

वर्ल्ड भिजन इन्टरनेशनल नेपालले ग्रामीण शहरी क्षेत्रमा अति जोखिममा रहेका बालबालिका र परिवारको जीवन सुधारका लागि सन् २०२२ मा गरेका उपलब्धिको रिपोर्ट सार्वजनिक गरेको छ।

बिहीबार काठमाडौंमा एक कार्यक्रम गरी वर्ल्ड भिजन इन्टरनेशनल नेपालले ग्रामीण शहरी क्षेत्रमा अति जोखिममा रहेका बालबालिका र परिवारको जीवन सुधार गर्न प्रणाली सबलीकरण, सेवा प्रवाह, नवप्रवर्तन र समाधानका क्षेत्रमा सन् २०२२ मा हासिल गरेका उपलब्धिको रिपोर्ट सार्वजनिक गरेको हो।

वर्ल्ड भिजन इन्टरनेशनल नेपालले हेरक वर्ष बालबालिका र समुदायसँगको सहकार्यमा शिक्षा, स्वास्थ्य, संरक्षण र जीविकोपार्जन क्षेत्रमा गरेका उपलब्धि सार्वजनिक गर्ने गरेको छ। वर्ल्ड भिजन इन्टरनेशनल नेपालले सन् २०२२ मा दीर्घकालिन कार्यक्रम तथा कोभिड-१९ प्रतिकार्यमार्फत ७ लाख ८५ हजार बालबालिका र वयस्कहरूको जीवनमा प्रभाव पारेको बताएको छ।

वर्लड भिजन इन्टरनेशनल नेपालको सन् २०२२ मा १४ वटा बालमैत्री, लैंगिकमैत्री र अपांगमैत्री कक्षाकोठा र ११ वटा बालमैत्री, लैंगिकमैत्री र अपांगमैत्री शौचालय र ३ वटा खानेपानी आयोजना निर्माण गरी विद्यालय सुरक्षालाई सुदृढीकरण गर्ने काम गरेको जानकारी दिएको छ। वल्र्लड भिजन इन्टरनेशल नेपालका फिल्ड अप्रेशन निर्देशक अनुप राणाले जीविकोपार्जन कार्यक्रमले समुदायका ४० प्रतिशत घरधुरीलाई राष्ट्रिय औसतभन्दा बढी आम्दानी गर्न सक्ने बनाई गरिबीबाट माथि उकास्न मद्दत गरेको बताए।

उनले वल्र्ड भिजन यस्तो कार्यक्रम लिएर १९,५६६ घरधुरीमा पुगेको भन्दै तीमध्ये ११,९६१ घरधुरीले आय-व्ययको योजना तयार पारेको र उनीहरूको मासिक औसत बचत १,३६७ रहेको बताए। उनले ५१ वटा स्वास्थ्य संस्थालाई मातृ तथा नवजात शिशु स्वास्थ्य र किशोर-किशोरीको यौन तथा प्रजनन स्वास्थ्य सेवाका लागि आवश्यक उपकरण सहयोग गरिएको बताए।

उनले बाल संरक्षणमा वडा तथा पालिका तहका ७२ मध्ये ६४ वटा बाल संरक्षण समितिसँग सहकार्य गरी बाल संरक्षण गर्न आवश्यक नीति बनाउन सहयोग गरिएको बताए। राणाले ३५ स्थानीय सरकारले रिपोर्टिङ संयन्त्र बनाउँदा स्थानीय बाल संरक्षणसँग सम्बन्धित घटनाविरुद्ध प्रतिकार्य शतप्रतिशतमा आएको बताए।

उनले वर्ल्ड भिजनले कर्णालीका जुम्ला, मुगु र कालीकोट गरी ३ जिल्लाका ८ नगरपालिकामा पहिरोबाट प्रभावित १८,६९४ जनालाई सहयोग गरेको बताए।

उनले संघीय र प्रादेशिक तहमा बालबालिकाको सवालमा जम्मा २६ वटा नीति तथा निर्देशिका बनाउने काममा सहयोग गरिएको बताए। राणाले ६ वडामा बालमैत्री स्थानीय शासन घोषणा सहयोग गरिएको पनि बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर