मिटरब्याजपीडित भन्छन्- माग पूरा नहुन्जेलसम्म आन्दोलन जारी राख्छौं

तराईका विभिन्न जिल्लाबाट आई आन्दोलनमा उत्रिएका मिटरब्याजपीडितहरूले आफ्नो धर्ना कार्यक्रम जारी राखेका छन् । काठमाडौंको शान्तिवाटिकामा उनीहरूले धर्ना जारी राखेका हुन् ।

तराईका नवलपरासी, महोत्तरी, सर्लाहीलगायत विभिन्न जिल्लाबाट दोस्रो चरणमा समूहमा आएका उनीहरूले धर्नालाई निरन्तरता दिएका छन् । उनीहरूले आफ्ना माग पूरा नहुन्जेलसम्म आन्दोलन जारी राख्ने चेतावनीसमेत दिएका छन् ।

सञ्चारकर्मीहरूसँग कुरा गर्दै एक मिटरब्याजपीडतले राजनीतिक रूपमा दृष्टिबन्धक, तमसुक, छिनुवा र चेक बाउन्स अवैध घोषणा हुनुपर्ने बताए । उनले यी सबै कुराको क्षतिपूर्ति व्यहोर्नुपर्ने बताउए ।

अहिले सबैभन्दा ठूलो समस्या मुद्दा परिरहेकाले मुद्दा स्थगित हुनुपर्ने र मुद्दा छिनोफानो भइसकेको भए पुनरावेदन हुनुपर्ने, पक्राउ पुर्जी रोक्नुपर्ने माग आफूहरूको रहेको उनले बताए । जेलमा भएका पीडितहरूलाई ससम्मान रिहा गर्नुपर्ने मागसमेत गरिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर