महोत्तरी प्रहरीका लेखापाल सई २ लाख घुससहित काठमाडौंबाट पक्राउ

जिल्ला प्रहरी कार्यालय महोत्तरीका लेखापाल प्रहरी नायब निरीक्षक (सई) विनोद विष्ट २ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।

विशेष सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले उनलाई शुक्रबार काठमाडौंको नयाँ बानेश्वरबाट पक्राउ गरेको हो।

उनी भवन निर्माणको म्याद थप तथा भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस लिन महोत्तरीबाट काठमाडौं आएको अवस्थामा पक्राउ परेका हुन्।

उनको साथबाट ५० हजार रुपैयाँ नगद र १ लाख ५० हजार रुपैयाँको चेक बरामद भएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *