विराटनगरमा ५४ तोला सुन र ८ लाख भारतीय रुपैयाँसहित तीन जना पक्राउ

विराटनगरमा ५४ तोला सुन र करिब ८ लाख भारतीय रुपैयाँसहित तीन जना पक्राउ परेका छन्।

शुक्रबार दिउँसो साढे ३ बजे विराटनगर महानगरपालिका-१५ स्थित रानीतर्फ जाँदै गरेको को २ च १४९५ नम्बरको भ्यानमाथि प्रहरीले चेक गरेको थियो। उक्त गाडीमा अवैध सुन र चाँदी भन्सार छलेर भारततर्फ लैजान लागेको भन्ने खबर प्रहरीले पाएको थियो।

गोप्य सूचनापछि खटिएको टोलीले गाडीलाई रोकेर चेक गर्दा सुन, चाँदी र नगद फेला पारेको हो। कोशी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले तीन जनालाई सुनसहित पक्राउ गरेको डीआईजी राजेशनाथ बास्तोलाले जानकारी दिए।

उनका अनुसार पक्राउ पर्नेमा चालक बवराटनगर-२ का ५२ वर्षीय विमल कामत, भारत विहार कटिहारका ६१ वर्षीय विनोदकुमार मुरारका र उनकी श्रीमती ५६ वर्षीया पुष्पा मुरारका छन्।

उक्त गाडी पछाडि अन्दाजी ५४ तोला सुनका गरगहना र अन्दाजी साढे ६ किलो बराबरका चाँदीका भाँडा बरामद गरेको हो। यस्तै विभिन्न दरका गरी ७ लाख ९५ हजार २ सय ८९ भारतीय रुपैयाँ बरामद भएकाे हाे।

थप अनुसन्धानका लागि उनीहरूलाई इलाका प्रहरी कार्यालय रानी, मोरङमा पठाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *