नवनियुक्त मन्त्री आचार्यले लिए शपथ

राष्ट्रपति रामचन्द्र पौडेलले सांसद सुरेन्द्रराज आचार्यलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीमा नियुक्त गरेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रण्चड’ को सिफारिसमा आचार्यलाई आज मन्त्री पदमा नियुक्त गरिएको हो।

नवनियुक्त मन्त्री आचार्यले आजै राष्ट्रपति पौडेलसमक्ष पद तथा गोापनीयताको शपथ लिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित शपथग्रहण समारोहमा प्रधानमन्त्री दाहाल, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत सहभागी थिए।

राष्ट्रपतिले प्रधानमन्त्री दाहालको सिफारिसमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री महिन्द्रराय यादवलाई जिम्मेवारी हेरफेर गरी खानेपानीमन्त्री तोकेका छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *