समाजमा बढेको नकारात्मकतालाई सञ्चारमाध्यमहरूबाट अन्त्य गर्नुपर्छ : मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नकारात्मक भावनाबाट गुज्रिरहेको समाजलाई सकारात्मकतातर्फ लैजान सञ्चारमाध्यमहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता देखिएको बताएकी छन्। आइतबार गोरखापत्र संस्थानको १२३ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्।

उनले अहिले समाज नकारात्मकतातर्फ बढी उन्मुख भइरहेको उल्लेख गर्दै सकारात्मकततर्फ लैजान सञ्चारमाध्यमहरूको भूमिका आवश्यक रहेको बताइन्।

‘अहिलेको हाम्रो समाज अलि बढी नकारात्मक सोचबाट गुज्रिरहेको छ। सरकार, सत्ता सञ्चालन गर्नेहरूबाट जति पनि कामहरू भएका छन्, नकारात्मक कामहरू, सकारात्मक कामहरूका विषयमा पनि गोरखापत्रले विशेष स्थान बनाउनुपर्छ।’ उनले भनिन्,’गोरखापत्रमा अहिले वर्तमान अवस्थामा सरकारले गरिरहेका जतिपनि सकारात्मक कामहरू छन्, धेरै नै चर्चामा छन्। सकारात्मक कामहरूलाई व्यवस्थित ढंगले जनतासमक्ष पुर्‍याउन सक्ने हो भने जनतामा सरकार र राज्यप्रति फैलिरहेको नकारात्मक भावनाको अन्त्य गर्दै आशावादी बनाउने काममा मिडिया क्षेत्रको महत्त्वपूर्ण भूमिका छ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *