भुटानी शरणार्थी प्रकरण

टोपबहादुर रायमाझीको घरमा प्रहरीको खानतलासी

पक्राउ पुर्जी जारी भएपछि फरार रहेका नेकपा (एमाले) का सचिव एवं पूर्वमन्त्री टोपबहादुर रायमाझीको ललितपुर सातदोबाटोस्थित घरमा प्रहरीले खानतलासी गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले मंगलबार उनको घरमा खानतलासी गरेको हो।

उनको खोजीका क्रममा उनको घरमा खानतलासी गरिएको परिसरका एक प्रहरी अधिकृतले बताए।

अर्घाखाँचीबाट निर्वाचित सांसद रायमाझीमाथि नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम करोडौं रकम असुल गरेको घटनामा संलग्न रहेको आरोप छ।

प्रहरीले उनीसहित उनका छोरा सन्दीपविरुद्ध पनि यही घटनामा संलग्न रहेको अभियोगमा २० वैशाखमा पक्राउ पुर्जी जारी गरेको थियो। सन्दीप भने पक्राउ परिसकेका छन्।

पक्राउ पुर्जी जारी भएपछि अर्घाखाँची हुँदै भैरहवासम्म पुगेका टोपबहादुर त्यहाँबाट सम्पर्कविहीन बनेका थिए।

यस प्रकरणमा अहिलेसम्म ८ जना पक्राउ परेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *