प्रचण्ड, देउवा र ओली आज पनि छलफलमा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच आज पनि भेटवार्ता भइरहेको छ।

सिंहदरबारमा उनीहरूबीच अहिले छलफल जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक र समसामयिक राजनीतक घटनाक्रमबारे तीन दलका शीर्ष नेताहरूबीच छलफल भइरहेको जनाइएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च पदस्थहरू पक्राउ परिरहेका बेला शीर्ष नेताहरूबीच भइरहेको भेटवार्तालाई चासोका साथ हेरिएको छ।

यसअघि मंगलबार पनि शीर्ष नेताहरूबीच छलफल भएकाे थियाे।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर