स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन जोड दिएको छु : मन्त्री बस्नेत

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन आफूले जोड दिएको बताएका छन्।

मन्त्री बस्नेतले सो बीमा गरेकाहरूको उपचारमा सरलीकरण गर्नुपर्ने विषयलाई पनि आफूले गम्भीरतापूर्वक लिएको बताए। बुधबार आफ्नै मन्त्रालयमा पत्रकारहरूसँग सामूहिक भेट गरी उनले स्वास्थ्य बीमा गरेका मानिसहरूलाई उपचारको क्रममा दोस्रो नागरिकको व्यवहार हुने गरेको आफूले सुनेकाले यसलाई सरलीकरण गर्न सरकार लागिपर्ने स्पष्ट पारे।

मन्त्री बस्नेतले स्वास्थ्य बीमा कार्यक्रम राम्रो भएको र यसको बजेट बढाएर प्रभावकारी कार्यान्वयनमा लैजानका लागि मातहतका निकायलाई आफूले निर्देशन दिइसकेको बताए।

मन्त्री बस्नेतले स्वास्थ्य मन्त्रालयमा बजेटको अभाव भए पनि बाह्य लगानी भित्र्याउन आफूलाई कुनै समस्या नरहेको बताए। उनले क्यान्सर जस्ता प्राणघातक रोगहरूको उपचारमा थप राहत दिनुपर्छ भन्ने कुरामा आफू सचेत रहेको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *