चलचित्र क्षेत्रको प्रगति राष्ट्रकै लागि गौरवको विषय हो : उपराष्ट्रपति यादव

उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाली चलचित्र क्षेत्रको प्रगति राष्ट्रकै लागि गौरवको विषय भएको बताएका छन्।

उपराष्ट्रपति यादवले सीमित स्रोत, साधन र बजारको बाबदुत पनि नेपाली चलचित्र क्षेत्रले सन्तोषजनक फड्को मारेको उल्लेख गर्दै त्यो सबैका लागि गौरवको विषय भएको बताएका हुन्।

शुक्रबार काठमाडौंमा आयोजित ‘एलजी सिने सर्कल अवार्ड’ समारोहलाई सम्बोधन गर्दै उनले नेपाली चलचित्रकर्मीहरुको जुझारुपन र लगनशीलताका कारण यो क्षेत्रले सम्मानजनक अस्तित्व ग्रहण गर्न सफल भएको पनि स्पष्ट पारे।

चलचित्र क्षेत्रलाई समाजको ऐनको रूपमा चित्रण गर्दै उपराष्ट्रपति यादवले त्यसले मुुलुकको भेषभूषा, पहिरन, संस्कृति, भाषा र इतिहासको संरक्षण तथा सम्वद्र्धन पनि गरिरहेको स्मरण गराए।

उनले पर्दा पछाडि रहेर चलचित्र क्षेत्रको विकासमा योगदान पु¥याउने प्राविधिक तथा कलाकारहरुलाई प्रोत्साहन गर्न सो कार्यक्रम आयोजना गरेको भन्दै एलजी सिने सर्कल अवार्ड व्यवस्थापनप्रति समेत आभार व्यक्त गरे।

कार्यक्रममा उपराष्ट्रपति यादवले चलचित्र क्षेत्रको चर्चित भान्से कुलबहादुर महत ‘जेठा दाइ’ लाई पनि सम्मान गरेका थिए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर