सुन तस्करीबारे विस्तृत अनुसन्धान गर्दै सीआईबी, विमानस्थल भन्सारका नासुसँग सोधपुछ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सुन तस्करीको केही गोप्य सूचना पाएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले यसबारे विस्तृत अनुसन्धान थालेको छ।

यसैबीच सीआईबीले विमानस्थल भन्सार कार्यालयका एक नायब सुब्बासँग सोधपुछ गरेको छ। शनिबार नासु रेवन्त खड्कालाई बोलाएर सीआईबीले सोधपुछ गरेको हो।

सीआईबीका एक अधिकृतले नासु खड्कालाई साेधपुछका लागि बाेलाइएकाे बताए तर के विषयमा साेधपुछ गरिएकाे हाे त्यसबारे केही खुलाएनन्।

‘उहाँ (नासु खड्का) लाई सोधपुछका लागि बोलाएका हौं। अनुसन्धानकै क्रममा रहेकाले अहिले नै धेरै कुरा भन्न मिल्दैन,’ ती अधिकृतले भने।

विमानस्थल भन्सारका कर्मचारीसमेतको संलग्नतामा सुन तस्करी हुने गरेको आरोप विगतदेखि नै लाग्दै आएकाे छ।

अवैध रूपमा विदेशबाट भित्रिएको सुन विमानस्थल भन्सारबाट सहजै पास हुने गरेको यसअघि भएका तस्करीका घटना अनुसन्धानको क्रममा खुलेको थियो।

यसअघि स‌ंगठित सुन तस्करी प्रकरणमा विमानस्थल भन्सारका कर्मचारीको संलग्नता पाइएपछि केही पक्राउसमेत परेका थिए।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर