कतार पुलिसमा जागिर लगाइदिने भन्दै ६९ लाख ठगी, एक जना पक्राउ

कतार पुलिसको जागिरमा लगाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका-४ घर भई काठमाडौं महानगरपालिका-१०, थापागाउँ बस्ने ४९ वर्षीय रुद्रबहादुर लिम्बू छन्।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार राति धुम्बाराहीबाट पक्राउ गरेको हो।

लिम्बूसमेतले १९ जनालाई कतार पठाएर पुलिसको जागिरमा लगाइदिने र मासिक एक लाख रुपैयाँभनदा धेरै तलब हुने प्रलोभनमा पारी ६९ लाख रुपैयाँ ठगी गरेको आरोप छ।

पक्राउ परेका उनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *