कूटनीतिक नियोगका अधिकारीसँग प्रधानमन्त्रीको छलफल

प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार नेपालस्थित विभिन्न देशका राजदूतसहित कूटनीतिक नियोगका पदाधिकारीसँग छलफल गरेका छन् ।

नेपालमा रहेका भुटानी शरणार्थीहरूको नाममा गैरभुटानीहरूलाई अमेरिका पठाउने गिरोहका विषयमा अनुसन्धान भइरहेका समय प्रधानमन्त्री दाहालले छलफल गरेका हुन् ।

प्रधानमन्त्री दाहालले नेपालमा रहेका कूटनीतिक नियोगका पदाधिकारीहरूलाई देशको राजनीतिक तथा आर्थिक अवस्था र आफ्नो सरकारले अँगालेको विदेश नीतिको प्राथमिकताका विषयमा जानकारी गराएका छन् ।

उनले विस्तृत शान्ति सम्झौताको मर्म र सर्वोच्च अदालतको मार्गदर्शनअनुसार अघि बढेको बताए । यस्तै उनले देशको आर्थिक सूचकांकहरू सकारात्मकतर्फ अघि बढेको समेत बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर