भुटानी शरणार्थी प्रकरण

कांग्रेस प्रवक्ता महतले खुलाए खाणलाई कारबाही नगर्नुको कारण

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाणलाई तत्काल कारबाही नगर्नुको कारण खुलाएका छन्।

मंगलबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले खाणले आफूलाई निर्दोष प्रमाणित गर्ने भनेकाले उनलाई तत्काल कुनै कारबाही नगरिएको स्पष्ट पारेका हुन्।

प्रवक्ता महतले नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझी र खाणको केस फरक रहेको भन्दै एउटैमा जोड्न नमिल्ने धारणासमेत राखे। अनुसन्धान चलिरहेको उल्लेख गर्दै उनले अनुसन्धानले निकालेको निस्कर्षका आधारमा पार्टीले आफ्नो धारणा बनाउने बताए।

त्यस्तै उनले कांग्रेस केन्द्रीय सदस्य तथा सांसद डा. आरजु राणाको सम्बन्धमा नक्कली अडियो फैलाइएको भन्दै त्यसप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताए। देउवा आफैंले सो अडियोको अनुसन्धान गर्न साइबर ब्युरोमा निवेदन दिइसकेको अवस्थामा मिडियामा ट्रायल गरेर दोषी नबनाउन उनले आग्रह गरे।

उनले पार्टी सभापति शेरबहादुर देउवाले निष्पक्ष र स्वतन्त्र अनुसन्धानका लागि सघाइरहेको बताए। घटनामा संलग्नहरू दोषी प्रमाणित भएमा कानूनी प्रक्रियाअनुसार अगाडि बढ्ने उनले बताए।

महतले नक्कली भुटानी शरणार्थी प्रकरणमा स्वतन्त्र र निष्पक्ष रूपमा अनुसन्धान गर्न पार्टीले सहयोग गर्ने पनि बताए। उनले निर्दोष दोषी हुने र दोषी निर्दोष हुने अवस्था आउन नहुने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर