भुटानी शरणार्थी प्रकरणबारे कांग्रेस महामन्त्री शर्माले मागे सरकारको जवाफ

नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले नक्कली भुटानी शरणार्थी प्रकरणबारे सरकारको जवाफ माग गरेका छन्।

मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले सो प्रकरणमा सरकारको जवाफ मागेका हुन्।

उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले अनुसन्धानको प्रक्रिया कहाँसम्म पुर्‍याएको हो भन्ने जवाफ दिनुपर्ने बताए।

सांसद शर्माले सरकारले नक्कली भुटानी शरणार्थीमा छानबिनका लागि सबै दलको समर्थन पाएको भन्दै दोषी नउम्किने र निर्दोष नफस्ने गरी कारबाही अघि बढाउनुपर्नेमा जोड दिए।

सांस्द शर्माले नक्कली भुटानी शरणार्थीको छानबिनको सन्दर्भमा सक्कली छानबिनको वस्तुस्थिति के छ भन्ने बारेमा जानकारी गराउन गृहमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानाकर्षण गराएका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर