सार्वजनिक खरिद ऐन संशोधन नगरेसम्म विकास निर्माण अस्तव्यस्त हुन्छ : मन्त्री ज्वाला

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सार्वजनिक खरिद ऐनलाई संशोधन नगरेसम्म विकास निर्माणका कामहरू अस्तव्यस्त भइरहने बताएका छन्।

मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन्। उनले सार्वजनिक खरिद ऐनलाई विकासमैत्री बनाउनका लागि संशोधन गर्नुपर्ने बताए।

त्यस्तै उनले सडकको वर्गीकरण गर्न जरुरी रहेको उल्लेख गर्दै मन्त्रालयले सडक वर्गीकरणका लागि प्रतिवेदन पेस गर्न समिति बनाएको जानकारी दिए। उनले प्रतिवेदन आइसकेपछि मन्त्रिपरिषद्मा लगेर कार्यान्वयन गरिने बताए।

मन्त्री ज्वालाले संसदीय समिति र सरकारका बीचमा टसल र प्रतिस्पर्धा हुने अवस्था आउन नहुने भन्दै आपसमा मिलेर काम गर्नुपर्ने बताए। उनले समितिले आफ्नो मन्त्रालयमा दिने निर्देशनहरूलाई लागू गर्ने प्रतिबद्धता व्यक्त गरे।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *