सरकारले निजी क्षेत्रमैत्री नीति लिए मात्रै देशको आर्थिक समृद्धि हुन्छ : स्वर्णिम वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले सरकार निजी क्षेत्रमैत्री बन्नुपर्ने बताएका छन्।

मंगलबार नेपाल उद्योग परिसंघले आयोजना गरेको स्वदेशी समिट कार्यक्रममा बोल्दै वाग्लेले सरकारले निजी क्षेत्रमैत्री नीति लिए मात्रै देशको आर्थिक समृद्धि हुने बताएका हुन्।

उनले निजी क्षेत्र संग्लन नहुने क्षेत्रमा राज्यले लगानी गर्ने सरल सिद्धान्तबाट सरकार जानुपर्ने बताए। उनले निजी क्षेत्रले पँखेटा फिँजाएर उड्नका लागि आवश्यक नीतिगत बाटो पहिल्याउन आवश्यक रहेको बताए।

उनले सरकारले निजी क्षेत्रमैत्री वातावरणका सम्भावनाका बारेमा बहस आवश्यक रहेको पनि बताए। उनले निजी क्षेत्रले सिर्जना गरेको रोजगारी, सरकारलाई तिरेको करबाट राज्यको ढुकुटी समृद्ध भए मात्रै कल्याणकारी राज्य धान्ने बताए।

उनले अब मुलुकका युवाहरूलाई उद्यमशीलमार्फत देश निर्माणमा लगाउनुपर्ने बताए। उनले डेमोग्राफिक प्रोजेक्सनअनुसार सन् २०२८ एजिङ सोसाइटीमा जाने भन्दै अबको पाँच वर्ष धैर्य गर्ने कसैसँग समय नहुने बताए।

उनले अबको १५ वर्षको मुलुकको अर्थतन्त्रको स्वरूपको कस्तो बनाउने भन्ने यकिन हुनुपर्ने बताए।

उनले छिमेकी मुलुकहरूले आर्थिक रूपमा धेरै फड्को मारेको भन्दै विदेशी लगानी भित्रिने वातावरण बनाउन आवश्यक रहेको बताए।

उनले नेपालले केही समयअघि आन्तरिक कलहका कारण विश्वका ठूला कम्पनीहरूको लगानी नेपालमा आकर्षण गर्न नसकेको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर