जापानमा सवारी दुर्घटनामा परी दुई नेपाली विद्यार्थीको मृत्यु

जापानमा रोकिराखेको बसलाई ट्रकले ठक्कर दिँदा दुई जना नेपाली विद्यार्थीको मृत्यु भएको छ।

अध्ययनका लागि जापान गएका दुई जना नेपालीको मंगलबार राति सवारी दुर्घटनामा परी मृत्यु भएको हो।

मियागी प्रान्तको कुरिहारामा रहेको तोहोकु एक्सप्रेसवेमा सो दुर्घटना भएको हो।

दुर्घटनामा दुई नेपाली पुरुष विद्यार्थी र चालक जापानी महिलाको मृत्यु भएको प्रहरीलाई उद्धृत गर्दै जापानी सञ्चारमाध्यमले जनाएका छन्।

दुर्घटनामा मृत्यु भएका नेपाली विद्यार्थीको परिचय खुलेको छैन। दुर्घटनामा ट्रक चालक गम्भीर घाइते भएका छन्।

पार्टटाइम कामका लागि छिमेकी इवाते प्रान्तको इचिनोसेकीमा जाने क्रममा बाटोमा इन्जिनमा समस्या आएपछि रोकेर राखिएको बसलाई ट्रकले ठक्कर दिएको हो।

स्थानीय समयअनुसार मंगलबार राति ८:१० बजेतिर उक्त दुर्घटना भएको हो। बसमा ३९ जना नेपाली र एक जना बंगलादेशी विद्यार्थी सवार थिए।

चालकले बस रोकेपछि सबै विद्यार्थी बाहिर निस्किएका थिए। अचानक तीव्र गतिमा आएको ट्रकले पछाडिबाट बसलाई ठक्कर दिँदा सो हताहति भएको हो।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *