नागरिक उन्मुक्ति पार्टीले घोषणा गर्‍याे आन्दोलन, पाँच दिने नेपाल बन्द आह्वान

सत्तारूढ नागरिक उन्मुक्ति पार्टीले सरकारविरुद्ध पाँच दिने नेपालबन्दसहितको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

पार्टीका संस्थापक रेशमलाल चौधरीलाई जन्मकैदको सजाय सदर गर्ने सर्वोच्च अदालतको आदेश आएको भोलिपल्ट बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आन्दोलन घोषणा गरेको हो।

लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो। लाल आयोगको प्रतिवेदन सार्वजनिक नगर्ने हो भने आन्दोलन गर्नुको विकल्प नरहेको पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले बताए।

आन्दोलनको कार्यक्रमअन्तर्गत आजैबाट ३ दिन देशव्यापी रूपमा राँके जुलुस र कोणसभा आयोजना गरिने उनले बताए। राजनीतिक घटनालाई अपराध करार गर्ने काम गरेकाले त्यसको विरोधमा जेठ ६ गतेदेखि १० गतेसम्म नेपाल बन्द आह्वान गर्ने पनि वरिष्ठ उपाध्यक्ष पण्डितले जानकारी दिए।

नागरिक उन्मुक्ति पार्टीले टीकापुर घटना राजनीतिक घटना भएकाले त्यसको समाधान राजनीतिक रूपमा नै हुनुपर्ने बताउँदै आएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *