कोशी प्रदेश प्रहरी तालिम केन्द्रको ब्यारेक शिलान्यास

मोरङको सुन्दरहरैंचा नगरपालिका गोठगाउँस्थित कोशी प्रदेश प्रहरी तालिम केन्द्र परिसरमा प्रशिक्षार्थी प्रहरी ब्यारेक भवनको शिलान्यास गरिएको छ ।

कोशी प्रदेश प्रहरी तालिम केन्द्रले आयोजना गरेको एक कार्यक्रममा बुधबार कोशी प्रदेश प्रहरी प्रमुख नायब महानिरीक्षक राजेशनाथ बाँस्तोलाले प्रशिक्षार्थी ब्यारेक भवनको शिलान्यास गरेका हुन् । सो अवसरमा उनले ब्यारेक भवनको शिलान्यासले प्रशिक्षार्थीको तालिमप्रतिको मनोबल उच्च हुनुका साथै प्रशिक्षणमा प्रभावकारिता आउने विश्वास व्यक्त गरे ।

‘तालिम केन्द्र नमुना हुन जरुरी छ। नयाँ ब्यारेक भवनको शिलान्यासले प्रहरी कर्मचारीमा ऊर्जा मिल्नेछ,’ प्रहरी महानिरीक्षक बाँस्तोलाले भने, ‘गुणस्तरीय भवन समयमै निर्माण सम्पन्न गरी हस्तान्तरण गर्न निर्माण कम्पनीलाई अनुरोध छ ।’

नेपाल सरकारका१६ करोड ८० लाख रुपैयाँको नियमित बजेटबाट भवन निर्माण हुन लागेको हो । ब्यारेक भवनमा तीन सय प्रशिक्षार्थी अट्ने गरी तीन तलाको भवन बन्ने उल्लेख गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर