देशको अर्थतन्त्र नाजुक बन्नुको जिम्मेवारी सत्ता गठबन्धनले लिनुपर्छ : शंकर पोखरेल

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नक्कली भुटानी शरणार्थी प्रकरण निष्पक्ष रूपमा छानबिन हुनुपर्ने बताएका छन्।

बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्याक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।

उनले नेपालीलाई नक्कली शरणार्थी बनाई विदेश पठाउन खोज्नु राज्यका विरुद्धको घात भएको उल्लेख गर्दै यस्ता घटनाप्रति राज्यले सशक्त भएर काम गर्न आवश्यक रहेको बताए। उनले निर्दोष कसैलाई फसाउने र दोषी उम्किन नदिने गरी छानबिन हुन जरुरी रहेको उल्लेख गरे।

उनले लडाकु शिविर घोटाला, बालुवाटार जग्गा प्रकरण, सीसीटीभी फुटेज प्रकरणका बारेमा पनि छानबिन गर्न माग गरे। उनले समाजमा नेता र पार्टीहरू नै खराब हुन् भन्ने भाष्य खडा नगर्न चेतावनी दिए।

महासचिव पोखरेलले देशको आर्थिक अवस्था अहिलेको स्थितिमा पुग्नुमा प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जिम्मेवार रहेको बताए। उनले अहिलेको आर्थिक अवस्थाको जिम्मेवारी सत्ता गठबन्धनले लिनुपर्ने बताए।

उनले आफ्नो पार्टी सरकारमा रहँदा राजस्व नियमति उठ्ने गरेको भन्दै अहिले राजस्व नै उठ्न नसक्नुको कारण माग गरे। उनले वैधानिक अर्थतन्त्र कमजोर पार्न अवैधानिक अर्थतन्त्रलाई प्रोत्साहित गर्ने नीति अवलम्बन गरेकै कारणले आज नेपाल आर्थिक संकटमा फसेको दाबी गरे।

महासचिव पोखरेलले विद्यार्थी संगठनले देशको शिक्षा प्रणाली परिवर्तनको आन्दोलन थाल्नुपर्ने बताए।

प्रतिक्रिया

One thought on “देशको अर्थतन्त्र नाजुक बन्नुको जिम्मेवारी सत्ता गठबन्धनले लिनुपर्छ : शंकर पोखरेल

  1. सबभन्दा धेरै बिगार्ने एमाले हो एमालेले लिन पर्छ सत्तामा पुगेको बित्तिकै बिग्रेको हो र?? अगाडि देखि बिगारेर अहिले रिजल्ट खोज्दा हुन्छ ???? माटोक्ने देश लुटेरा हरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर