सेनानी रामेश्वर कार्कीको नेतृत्वमा ११५ जना शान्ति सैनिक लिबिया प्रस्थान

नेपाली सेनाले लिबियामा तैनाथ शान्ति सैनिकहरूको अदलीबदली गरेको छ।

लिबियामा संयुक्त राष्ट्र सहयोग मिसन (यूएनएसएमआईएल) मा तैनाथ टोलीलाई बदली गर्न ११५ जना शान्ति सैनिकहरूको टोली सेनानी रामेश्वर कार्कीको नेतृत्वमा मिसन इलाका प्रस्थान गरेको हो।

यसअघि प्रमुख सेनानी भाइकाजी थापाको नेतृत्वमा ११५ जना सकलदर्जाहरू मिसन इलाका गइसकेका छन्।

उक्त मिसनमा तैनाथ ११५ जना शान्ति सैनिकहरू सेनानी अनन्तबहादुर सिंहको नेतृत्वमा शुक्रबार स्वदेश फर्कने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर