सेनाको सफा हिमाल अभियानः बरुञ्चे हिमालबाट १८ हजार केजी फोहर व्यवस्थापन

नेपाली सेनाले सफा हिमाल अभियान, २०२३ अन्तर्गत बरुञ्‍चे हिमाल सफाई अभियान सम्पन्‍न गरेकाे छ ।

क्याम्पेनका संयोजक सेनानी समिर बहादुर बस्नेतको नेतृत्वमा खटिएको नेपाली सेनाको आठ जना र शेर्पा सहयोगी सहितको टोलीले बरुञ्‍चे हिमालको आधार शिविरबाट संकलित बायोडिग्रेडेबल ३,०५० केजी फोहोर ३० वैशाखमा एक कार्यक्रमका बीच महाकुलुङ गाउँपालिकाका अध्यक्ष सूर्य बहादुर कुलुङलाई हस्तान्तरण गरेको हो ।

अभियान टोलीले संकलन गरेको नन–बायोडिग्रेडेबल १५,४७० केजी फोहोर काठमाण्डौं ल्याई शुक्रबार क्याम्पेन डाईरेक्टर तथा राष्‍ट्रिय निकुञ्‍ज तथा वन्यजन्तु आरक्ष निर्देशक सहायक रथी सुन्दरकुमार पाण्डेले फोहोर व्यवस्थापन कम्पनी ूक्रिएशन भेन्चर प्रालिूका प्रतिनिधिलाई हस्तान्तरण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

यसअघि २७ वैशाखमा सफा हिमाल अभियान अन्तर्गत अन्‍नपूर्ण हिमालबाट संकलित फोहोर हस्तान्तरण भईसकेको छ भने सगरमाथा र ल्होत्से हिमालको सफाई जारी रहेको छ । यो अभियान विश्व वातावरण दिवस जुन ५ मा समापन हुनेछ ।

यसैबिच सगरमाथा आरोहण गरी फर्कने क्रममा निधन भएका फूर्वा शेर्पाको पार्थिव शरिरलाई नेपाली सेनाको हेलीकोप्टरद्वारा उनको गृह जिल्ला संखुवासभा पुर्‍याई पोष्टमार्टम पश्चात परिवारजनलाई बुझाइएको छ ।

सफा हिमाल अभियानमा संलग्न भई हिमाल आरोहणको क्रममा बिरामी भई उपचाररत सबै आरोहीहरुको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर