संविधानको पुनर्मूल्यांकन गर्ने बेला भएको छैन : पूर्वराष्ट्रपति यादव

पूर्वराष्ट्रपति डा. रामवरण यादवले संविधानको पुनर्मूल्यांकन गर्ने बेला नभएको बताएका छन्।

शुक्रबार काठमाडौंमा वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीद्वारा लिखित पुस्तक ‘नेपालको संविधानको व्याख्या भाग १ र २’ को विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा भनेका हुन्।

उनले अहिले नै संविधानको पुनर्मूल्यांकनको बेला नभएको भन्दै अहिले पूर्ण रूपमा संविधान लागू गरेर जाने समय रहेको बताए। उनले वर्तमान संविधानको कार्यान्वयन सही ढंगबाट गर्न बाँकी नै रहेको बताए।

यादवले वर्तमान संविधानलाई संरक्षण गरेर लैजान नसके देशलाई सम्हाल्न गाह्रो हुने दाबी गरे। उनले भूराजनीतिक, अन्तर्राष्ट्रिय परिप्रेक्ष्य, लोकतान्त्रिक व्यवस्था र कानूनको शासनलाई सोचेर नै संविधान बनाइएको भन्दै यसलाई पूर्ण रूपमा कार्यान्वयन गर्न जरुरी रहेको उल्लेख गरे।

कार्यक्रममा लेखक वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीले जनप्रतिनिधिहरूले संविधानअनुकूल काम नगर्दा पुस्तकबाट जनतामा सुसूचित गर्ने लक्ष्यका साथ पुस्तक लेखिरहेको बताए। उनले नेपालमा शासकले विधिलाई शासन गरिरहेको बताए।

वरिष्ठ अधिवक्ता डा. ज्ञवालीले विधिलाई शासकले शासन गर्ने कुरा सह्य हुन नसक्ने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर