ऐतिहासिक स्थलको संरक्षण आवश्यक : शंकर पोखरेल

नेकपा (एमाले) का महासचिव एवं लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेलले ऐतिहासिक स्थलको संरक्षण गर्नुपर्ने बताएका छन्।

दाङको तुलसीपुर-१९ स्थित ऐतिहासिक एवं धार्मिक पर्यटकीय स्थल छिल्लीकोट कालिका मन्दिर संरक्षण समितिले आयोजना गरेको कार्यक्रममा उनले विगतमा जथाभावी रूपमा उत्खनन् गर्दा ऐतिहासिक तथ्य नष्ट भएको बताए।

‘यहाँ रहेका ऐतिहासिक हातहतियारको संरक्षण गर्न सरकारले विशेष ध्यानदिनुपर्छ,’ महासचिव पोखरेलले भने।

आफू मुख्यमन्त्री भएको समयमा ऐतिहासिक स्थलको संरक्षण गर्ने कार्यक्रम ल्याएको उनको भनाइ छ। सरकारको नीति तथा कार्यक्रममा पर्यटकीय क्षेत्रलाई यथेष्ट रूपमा समेटिनुपर्नेमा महासचिव पोखरेलले जोड दिए।

नगरप्रमुख टीकाराम खड्काले छिल्लीकोटको विकासका लागि साहसिक खेल जिपलाइन निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिए। छिल्लीकोटसम्म पुग्न बिजौरी स्यालापानी हुँदै सडक कालोपत्र गरिँदै छ। स्यालापानीबाट केबलकारका लागि विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) समेत तयार गरिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर