सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार, को-को बने मन्त्री ?

सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा आज मौजुदा मन्त्रिपरिषद् विस्तार तथा कार्यविभाजन गरेका छन् ।

प्रदेश प्रमुख जोशीले गत माघ २६ गते गठित प्रदेश मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा १६८ बमोजिम मन्त्रीको नियुक्ति र कार्यविभाजन गरेका हुन् ।

नवगठित मन्त्रिपरिषद्मा भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा, आर्थिक मामिलामन्त्री नरेशकुमार शाही, आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंह, सामाजिक विकासमन्त्री झपटबहादुर साउद, उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री रमेशसिंह धामी बनेका छन् । भौतिक पूर्वाधारमन्त्री देउवा र आर्थिक मामिलामन्त्री शाही यसअघि नै मन्त्री बनेका हुन् ।

यस्तै उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्रीमा गीतादेवी मालले जिम्मेवारी पाएकी छन् । मन्त्रिपरिषद्ले अझै पूर्णता पाउन सकेको छैन । मुख्यमन्त्रीको जिम्मा भूमि, व्यवस्था कृषि तथा सहकारी विकास मन्त्रालय रहेको छ ।

प्रदेश प्रमुखको कार्यालय धनगढीमा आजै आयोजित विषेश समारोहमा प्रदेश प्रमुख जोशीसमक्ष नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताका शपथ लिएका छन् ।

सोही समारोहमा मुख्यमन्त्री कमलबहादुर शाहसमक्ष राज्यमन्त्री मालले पद तथा गोपनीयताको शपथ लिइन् । नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *