व्यक्ति र व्यवसायी विशेषका लागि करका दर हेरफेर हुँदैन : अर्थमन्त्री

अर्थमन्त्री डा. प्रकाशशरण महतले कुनै व्यक्ति र व्यवसायी विशेषका लागि आफूले करका दर हेरफेर नगर्ने स्पष्ट पारेका छन्। शनिबार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन्।

उनले आफ्नो व्यक्तिगत स्वार्थका लागि मात्रै करका दर हेरफेर नगर्ने प्रतिबद्धता जनाए। उनले समग्रमा देशको अर्थतन्त्रलाई मध्यनजर गरेर करका दर हेरफेर हुने बताए।

उनले नेपालभित्र नै रोजगारी र उच्च शिक्षाको अवसर सिर्जना गर्न आवश्यक रहेको पनि बताए। उनले युवाहरूको ऊर्जा र क्षमता देशभित्रै प्रयोग हुुने कुरा बजेटको प्राथमिकतामा पर्ने पनि बताए।

उनले नेपाली उद्योग व्यवसायलाई प्राथमिकता राख्ने कुरामा ध्यान दिने बताए। उनले अर्थतन्त्र सुधार गर्न आवश्यक रहेको भन्दै त्यसका लागि आफू इमान्दार भएर काम गर्ने पनि बताए।

बजेट कार्यान्वयनको कुरा नै मुख्य विषय रहेको भन्दै बजेट आइसकेपछि क्यालेन्डर बनाएर नै काम गर्ने पनि बताए। अर्थमन्त्री महतले ऋण भुक्तानीको दायित्वबाट सरकार भाग्न नमिल्ने र नभाग्ने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर