बैंकिङ कसुरमा ६ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ

प्रहरीले बैंकङ कसुर मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुलीको हरिहरगढी गाउँपालिका-३ घर भई काठमाडौं महानगरपालिका-१० बस्दै आएका ५२ वर्षीय हेमकुमार श्रेष्ठ रहेका छन्।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार पक्राउ गरेको हो।

उनलाई बैकिङ कसुर मुद्दामा उच्च अदालत, पाटनले गत वैशाख ४ गते बिगो ६ लाख रुपैयाँ जाहेरवालालाई भराई बिगोबमोजिम ६ लाख रुपैयाँ जरिवाना, क्षतिपूर्ति शुल्क २४ हजार रुपैयाँ राहत कोषमा जम्मा गराई २ दिन कैद हुने फैसला सुनाएको थियो।

पक्राउ परेका उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत, काठमाडाैैं पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर