जनमत पार्टीले बोलायो केन्द्रीय समितिको बैठक

डा. सीके रावतले नेतृत्व गरेको जनमत पार्टीले सरकार, गठबन्धन, संगठन निर्माणलगायत अन्य समसामयिक राजनीतिक विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक आह्वान गरेको छ ।

पार्टी संगठन विस्तार तथा सुदृढीकरण, देशको पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमको विषयमा छलफल गर्नका लागि यही जेठ १२ गते बैठक आह्वान गरिएको सो पार्टीका सचिव अनिता साहले जानकारी दिए ।

जनमत पार्टीले केन्द्रीय सरकारबाट आफ्ना तर्फका मन्त्री केही समय पहिले फिर्ता बोलाइसकेको भए पनि सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *