रेशम चौधरीलाई आममाफी दिएर सरकारले दण्डहीनता देखायो : कुन्दन अर्याल

इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले जन्मकैदको सजाय काटिरहेका रेशम चौधरीलाई आममाफी दिएर सरकारले दण्डहीनता देखाएको बताएका छन्। न्यूज एजेन्सी नेपालसँगकाे कुराकानीमा उनले क्षणिक राजनीतिक लाभका लागि सरकारले अहिले आममाफी दिनुले भविष्यमा देशलाई नै अफ्ठ्यारो बनाउने उनले बताए।

उनले रेशम चौधरीलाई आममाफी दिनुले देशमा कानूनको उल्लंघन गर्दा पनि राजनीतिक बलको आडमा कतिपयलाई सजाय नै हुँदैन भन्ने सन्देश पुग्ने बताए। राज्यले बलमिच्याइँका साथ दण्डहीनतालाई प्रश्रय दिनुले देशको छविमा समेत आँच आउने बताए।

उनले यस्ता घटनाक्रमले लोकतन्त्रलाई झनै अफ्ठ्यारो बनाउने उल्लेख गरे। उनले सर्वोच्च अदालतले पनि सजायलाई निरन्तरता दिने भनेको अवस्थामा गम्भीर अपराधको दोषी करार भइसकेको व्यक्तिलाई आममाफी दिन नहुने बताए।

उनले माओवादीलाई यो आममाफीबाट द्वन्द्वकालका गम्भीर अपराधका घटना सुल्झाउन झनै सहज बनाएको बताए। उनले राजनीतिको नाममा अपराधले संरक्षण पाउन नहुने पनि उल्लेख गरे।

अध्यक्ष अर्यालले नागरिक समाजले यसको विरुद्धमा सरकारलाई दबाब दिनुपर्ने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *