मन्त्रिपरिषदबाट बजेट स्वीकृत

सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट स्वीकृत गरेको छ।

सिंहदरबारमा आज दिउँसो बसेको मन्त्रिपरिषदको बैठकले बजेट स्वीकृत गरेको हो। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रिपरिषदको बैठकले बजेट स्वीकृत गरेको जानकारी दिइन्।

‘आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट संसदमा पेस गर्न मन्त्रिपरिषदले स्वीकृति दिएको छ,’ उनले भनिन्।

अहिले संसदको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट प्रस्तुत गरिरहेका छन्।

हरेक वर्ष जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा बजेट सार्वजनिक गर्ने संवैधानिक व्यवस्था छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर