काठमाडौंमा रोजगार मेला सुरु

नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा काठमाडौँमा आजदेखि रोजगार मेला सुरु भएको छ। टेकुस्थित महासंघको कार्यालयमा जेठ मेला सुरु भएकाे हाे र याे भाेलिसम्म चल्नेछ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अन्तर्राष्ट्रिय श्रम संगठनको सहयोगमा रोजगार मेला सुरु भएको हो।

मेलाको उद्घाटन कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले रोजगार मेलाले जनशक्ति चाहिने कम्पनी र रोजगारी आवश्यक हुनेहरू बीचमा पुलको काम गर्ने बताए।

उनले महासंघले वीरगञ्ज र बुटवलमा रोजगार मेला सम्पन्न गरेको र राम्रो प्रतिक्रिया पाएको बताए।

उनले यस्ता मेलाले नेपालमा भएका जनशक्ति उद्योग व्यवसायमा उपलब्ध गराउनु सहयोग पुर्‍याउने बताए।

त्यस्तै, मेलामा आफूले खोजेको जस्तो रोजगार पाइने आशामा मेलामा आएकी प्रतिज्ञा घिमिरेले रोजगार मेलाले पछिल्लो समय बढ्दै गएको बरोजगारीको समस्या थोरै भएपनि कम हुने बताइन्।

त्यस्तै, हिरामाया श्रेष्ठले अनलाइनहरुमा फेक रोजगारी प्रचार हुने भएकाले मेलामा प्रत्यक्ष रुपमा बुझ्न पाउने भएकाले मेलामा आएको बताइन्।

मेलामा काठमाडौँ र ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका, महासंघका सदस्य भक्तपुर र ललितपुर उद्योग वाणिज्य संघको सहकार्य रहेको छ।

कामको खोजीमा रहेका युवाहरुलाई प्रमुख कम्पनीहरुमार्फत कामको अवसर जुटाइदिन पहल गर्ने, नयां अवसरहरुको खोजि गर्न सघाउने, आवश्यक सीप पहिचानसहित युवा जनशक्तिलाई स्वदेशमै काम गर्ने वातावरण बनाउने उद्देश्यले रोजगार मेला सुरु भएको छ।

रोजगार मेलामा १०० भन्दा बढी कम्पनीहरूको सहभागिता रहेका छन्।

महासंघले मेलामा कामको खोजीमा रहेका ५ हजार भन्दी बढी युवाहरूलाई अवलोकन गराउने लक्ष्य राखिएको छ।

मेलामा रोजगारी, सीप एवं जनशक्ति विकास लगायतका विषयमा विभिन्न परामर्श सेसनहरू समेत हुनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर