कार्यवाहक प्रधानमन्त्रीको जिम्मा उपप्रधानमन्त्री खड्कालाई

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई दिइएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू भारत भ्रमणमा गएपछि खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रदान गरेका हुन्।

प्रधानमन्त्री दाहाल आज चारदिने औपचारिक भ्रमणका लागि भारत प्रस्थान गरेका छन्। उनी जेठ २० गते स्वदेश फर्किने कार्यक्रम छ।

दाहाल भारतबाट स्वदेश नफर्केसम्म खड्काले दैनिक प्रशासनिक कामहरू गर्नेछन्।

दाहाल नेतृत्वको सरकारमा नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका खड्का दोस्रो वरीयतामा छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *