पूर्वराजा ज्ञानेन्द्रलाई झलनाथ खनालको चेतावनी- गुण्डागर्दी गर्ने इच्छा पूरा हुन दिँदैनाैं

पूर्वप्रधानमन्त्री झलनाथ खनालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष बनेर प्रतिस्पर्धामा आउन चुनौती दिएका छन्।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा गुण्डागर्दी सह्य नहुने पनि बताए। उनले देशमा गुण्डागर्दी गर्दै हिँड्ने इच्छा पूरा हुन नदिने बताए।

‘मैले केही दिनअघि राजा ज्ञानेन्द्रलाई, अहिले त राजा भन्न मिलेन, भूतपूर्व राजा ज्ञानेन्द्र, अहिलेको ज्ञानेन्द्र शाहलाई, जो अहिले विभिन्न क्षेत्रमा अनेक राजनीतिक गतिविधि गर्दैछन्,’ खनालले भने, ‘यसप्रकारले समाजमा भाँडभैलो मच्चाउन कोसिस गर्नुभन्दा राप्रपा भन्ने पार्टी छ, त्यसको अध्यक्ष बनेर वा अर्को पार्टी खोलेर आए हुन्छ भनेको हुँ। हामी तपाईंसँग प्रतिस्पर्धा गर्न तयार छौं।’

उनले राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण गर्नु संविधानविपरीत भएको बताए।

उनले कुनै पनि विधेयक संसदले पास गरेपछि त्यसलाई प्रमाणकीकरणका लागि पठाउने अधिकारी भनेको संसदको सभामुख मात्रै हुने बताए। उनले मन्त्रिपरिषद्को बैठकबाट पास गरेर प्रमाणीकरण गराउनु संविधानको विपरीत भएको बताए।

उनले सभामुखले पठाएको विधेयकलाई १५ दिनभित्रमा प्रमाणकीरण गर्नुपर्ने र प्रमाणीकरण नभए विधेयक जीवित नहुने बताए। उनले एउटा अधिवेशनमा विधेयक प्रमाणीकरण भएन भने जस्ताको तस्तै राष्ट्रपतिसमक्ष विधेयक जान नसक्ने बताए।

उनले सरकारले कानून मिचेर विधेयक प्रमाणीकरणका लागि पठाएको आरोप लगाए।

पूर्वप्रधानमन्त्री खनालले टीकापुर घटनामा दोषी ठहर रेशम चौधरीलाई गणतन्त्र दिवसको दिन आममाफी दिनु गलत भएको बताए। उनले जिल्ला, उच्च र सर्वोच्च अदालतले अपराधी करार गरी जेल सजाय सुनाएकाले राजनीतिक विषय हो भन्ने बनाएर उन्मुक्ति दिनु गलत भएको बताए।

पूर्वप्रधानमन्त्री खनालले सर्प पालन प्रकरणमा आफ्नो कुनै अनियमितता भेटे आफू सजाय भोग्न तयार रहेको र कुनै पनि भ्रष्टाचारका मुद्दामा आफूबाटै अनुसन्धान सुरु गर्न आग्रह गरे।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर