काठमाडौंबाट खोटाङ जाँदै गरेको सीटीईभीटीका कर्मचारी सवार जीप सुनकोशीमा खस्यो, तीन बेपत्ता

मध्यपहाडी राजमार्गअन्तर्गत सिन्धुलीको गोलञ्जोर गाउँपालिका-७, लौकुनबाट जीप सुनकोशी नदीमा खसेको छ । आज जीप नदीमा खस्दा जीपमा सवार तीन जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का कर्मचारी सवार बा१झ ७४६७ नम्बरको जीप काठमाडौँबाट खोटाङतर्फ जाँदै गर्दा नदीमा खसेको हो ।

जीपमा चार जना सवार रहेको र एक जना जीवितै सुनकोशी नदीबाट निस्कन सफल भए पनि बाँकी तीन जनाको अवस्था अज्ञात रहेको उनले बताए ।

चालक दाङको राप्ती घर भएका ३१ वर्षीय कृष्ण चौधरी घाइते छन्। उनको उद्धार गरिएको छ। उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

सीटीईभीटी प्रशासन महाशाखाका निर्देशक सहसचिव ५७ वर्षीय कृष्णबहादुर केसी, योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल र विद्युत प्रशिक्षक ३२ वर्षीय भानु पौडेल बेपत्ता रहेको र खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक दाहालले  जानकारी दिए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *