विश्व इतिहासमा आज

कम्युनिष्ट शासनविरुद्धको प्रदर्शनमा चीनले बर्बरतापूर्ण दमन गरेको त्यो दिन

चीनमा कम्युनिष्ट शासनविरुद्ध लोकतन्त्र पक्षधरहरूले गरेको प्रदर्शनमा बर्बरतापूर्ण दमन भएकाे आज ३४ वर्ष पूरा भएको छ।

आजकै दिन सन् १९८९ जुन ४ मा राजधानी बेइजिङस्थित तियानमेन स्क्वायरमा लोकतन्त्रको पक्षमा भएको प्रदर्शनमा चीन सरकारले सैनिक दमन गरेको थियो।

१० लाखभन्दा बढी संख्यामा रहेका प्रदर्शनकारीहरूमाथि सुरक्षा फौजले दमन गर्दा १००० जनाभन्दा धेरैको मृत्यु भएको थियो भने कैयौं घाइते भएका थिए।

कम्युनिष्ट शासनको अन्त्य र लोकतन्त्रको माग गर्दै गरिएको प्रदर्शनमा भएको हताहतिलाई चीनले भने लुकाउने प्रयास गर्दै आएको छ। उसले सो घटनामा कसैको पनि मृत्यु नभएको दाबी गर्दै आइरहेको हो।

करिब ६ साता लामो प्रदर्शन पछि विभिन्न शहरमा फैलिँदै गएको थियो। सोभियत संघ विघटनको संघारमा पुगेको र विश्वभर कम्युनिष्टहरूको पकड गुम्दै अवस्थामा चीनमा पनि कम्युनिष्ट सरकारविरुद्ध उक्त प्रदर्शन भएको थियो।

चीन सरकारको दमनका कारण लोकतन्त्र पक्षधरको सो आन्दोलन भने असफल भएको थियो।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *