आर्थिक विधेयकका विशेष व्यवस्था स्वेच्छिक हुन् : महानिर्देशक मैनाली

आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनालीले सरकारले आर्थिक विधेयकमा गरेका विशेष व्यवस्था स्वेच्छिक भएको बताएका छन्।

सोमबार आर्थिक मिडिया सञ्चालक संघ नेपाल (इमान) र विभागले संयुक्त रूपमा आयोजना गरेको ‘परिवर्तित कर नीति : भ्रम र यथार्थ’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै महानिर्देशक मैनालीले यस्तो बताएका हुन्।

उनले आर्थिक विधेयकमा ल्याएका व्यवस्था गरेका छुट सुविधाहरू लिन करदातालाई भनेको तर बाध्यकारी नभएको पनि बताए। उनले सरकारले अहिले आएको आर्थिक विधेयकमा आर्थिक ऐनका व्यवस्थाहरूमा केही पनि परिवर्तन नभएको बताए।

उनले सरकारले आयकर ऐनमा कुनै पनि संशोधन नगरेको पनि बताए। उनले करदातालाई विशेष सुविधाको व्यवस्था गरेर अहिलेका वर्तमान समस्या समाधान गर्न खोजिएको बताए।

सरकारलाई राजस्वको चाप रहेकाले बढी आय भएकाहरूलाई आयकरमा वृद्धि गरिएको उनले बताए। उनले सरकारले ५० लाखभन्दा बढी आम्दानी भएकालाई ३० प्रतिशत आयकर लाग्ने व्यवस्था गरेको बताए।

उनले सरकारको राजस्व संकलनमा सहजता भएसँगै घटाउने बताए। उनले ५० लाखभन्दा बढी आम्दानी गर्ने करदाता १ हजार ५० करदाता रहेको जानकारी गराए।

महानिर्देशक मैनालीले मूल्य अभिवृद्धि कर (भ्याट) लागू हुँदा पनि हवाई टिकटको मूल्य ५ देखि ६ प्रतिशत मात्रै बढ्ने बताए। उनले नेपाल सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने वस्तुको सूचीमा हवाई टिकटलाई समेत समावेश गरेको भन्दै १३ प्रतिशतले महँगिने भन्ने प्रचार गलत भएको बताए।

उनले बढीमा ५ देखि ६ प्रतिशत मात्रै टिकटको मूल्य बढ्ने बताए। उनले हवाई टिकटको भाडामा मात्र भ्याट लाग्ने, इन्धन र विमानस्थल शुल्कमा अहिले पनि भ्याट जोडिने भएकाले अब भाडामा मात्रै लाग्ने बताए।

उनले इन्धन चार्ज, विमानस्थल शुल्क, बीमा शुल्क र वायुसेवा कम्पनीले लिने भाडा गरी अहिले यात्रुले हवाई भाडाका रूपमा एकमुष्ट रकम तिरिरहेको बताए। उनले इन्धन र विमानस्थल शुल्कमा अहिले पनि भ्याट तिरिरहेका कारण अतिरिक्त तिर्नु नपर्ने बताए।

उनले नेपाल सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने वस्तुको सूतीमा हवाई टिकटलाई समेत समावेश गर्दा करिब १० अर्ब राजस्व बढ्ने अवस्था रहेको बताए।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर