सरकारले व्यापार गर्दैन, निजी क्षेत्रले नै गर्ने हो : मन्त्री रिजाल

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सरकार व्यापार गर्ने काममा लाग्न नहुने बताएका छन्। मंगलबार जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्।

उनले सरकारले व्यापार गर्ने नभई व्यापारका लागि सहजीकरण गर्ने बताए। उनले व्यापार निजी क्षेत्रले गर्ने भएकाले सरकारले निजी क्षेत्रलाई व्यापारका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए।

उनले वर्तमान सत्ता गठबन्धन ५ वर्ष नै टिक्ने बताउँदै उद्योग क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको बताए। उनले बजेटको ट्रेडिसनल सिस्टम पञ्चायतकालदेखि नै रहिआएकाले यसलाई परिवर्तन नगरेसम्म देश र उद्योगीहरू सुखी हुन नसक्ने बताए।

देश बनाउनका लागि संघीय सरकारलाई मात्रै कराएर नहुने बरु सबै मिलेर सहकार्य गरी काम गरे देश विकास गर्न समय नलाग्ने उनले बताए। उनले पहाडबाट बगेर जाने बालुवाको उत्खनन गरी बिक्री गर्दा विरोध भइरहेको भन्दै आपत्ति जनाए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर