दुबई पठाइदिन्छु भन्दै ठग्ने महिला पक्राउ

रोजगारीका लागि दुबई पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा झापाको दमक नगरपालिका-१० घर भई काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-८ बस्ने ४५ वर्षीया मुनादेवी कार्की छिन्।

उनलाई सोमबार बबरमहलबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मीले जानकारी दिए। उनले उमेश श्रेष्ठलाई दुबई पठाइदिने भनी ४ लाख ५० हजार ठगी गरेको आरोप छ।

उनले पीडितलाई दुबई पठाएर बाइक राइडरको काममा लगाइदिने, प्रक्रिया मिलाउन ४ लाख ५० हजार रुपैयाँ लाग्ने र काममा लागिसकेपछि मासिक एक लाख रुपैयाँ बढी तलब हुने भनी प्रलोभनमा पारेकी थिइन्।

पक्राउ परेकी उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *