जिल्ला निर्वाचन कार्यालय खारेजीको निर्णय सच्याउन गगन थापाको माग

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बजेट वक्तव्यमा उल्लेख जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय सच्याउन सरकारसँग माग गरेका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै उनले सो माग राखेका हुन्।

उनले जिल्ला निर्वाचन कार्यालय खारेज गरेर जिल्ला प्रशासन कार्यालयलाई निर्वाचनसम्बन्धी काम गर्न दिएमा निर्वाचन आयोगको भूमिका संकुचित हुने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *