प्रचण्ड र बाबुरामविरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्धकाे युद्ध अपरासम्बन्धी मुद्दामा कारण देखाउ आदेश जारी भएको छ। साथै रिटलाई अग्राधिकार दिने आदेश पनि दिइएको छ।

जनयुद्धमा बालसेना प्रयोग गरेको दाबीसहित सर्वोच्च अदालतमा परेको रिटमा न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले यो आदेश दिएको हो।

प्रचण्ड र बाबुरामविरुद्ध पूर्व अयोग्य लडाकु लेनिन विष्टसहितले गत आइतबार सर्वोच्चमा मुद्दा दर्ता गरेका थिए। पूर्व बालसेना तथा बहिर्गमित जनमुक्ति सेना नेपालका अध्यक्ष विष्ट, बहिर्गमित जनमुक्ति सेनाकै संस्थापक कृष्णप्रसाद दंगाललगायतले तत्कालीन जनयुद्धका प्रमुख प्रचण्ड, डा. भट्टराई, गृह, रक्षा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय मानव अधिकार आयोगलगायतलाई विपक्षी बनाएर मुद्दा दर्ता गरेका छन्।

विस्तृत शान्ति सम्झौतापछिका साढे १६ वर्षसम्म न्याय नपाएको, बालसेनाको पहिचानसमेत नभएकाले माओवादीले क्षतिपूर्ति दिनुपर्ने माग रिट निवेदकको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *